Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

मन्त्री गुप्ताद्वारा पोखरीयामा सडक र नालाको शिलान्यास

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२४ चैत । पर्साको पोखरीया नगरपालिका –२ लमरियामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सडक र नालाको शिलन्यास गरेका छन् ।

- Advertisement -

भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट सो नगरपालिकाको वडा नम्वर २ स्थित २५ लाख रुपैयाँको लागतमा सडक र नाला निर्माण हुन लागेको छ । १३२ मीटर सडक र १०७ मीटर नालाको मन्त्री गुप्ताले शिलन्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि विभिन्न कार्यक्रम लागु गरेको बताए ।

- Advertisement -

मन्त्री गुप्ताले मेरो पहल र सहयोगले नाला र सडकका लागि भौतिक पूर्वधार विकास मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको बताउँदै सो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए । इमान्दारिताका साथ काम गरे भने अर्को बर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरी आश नगर्नु होला ।’

उनले भने ‘जहिल्यै तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने थियो तर, सरकारले पहिलो तटक तराई मधेशका जनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

उनले भने तराई मधेशमा सिमा पारिको छिमेकी भन्दा बढी वारी नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफु निरन्तर लागि परेको बताए । मन्त्रि परिषदमा यो क्षेत्रलाई आधोगीक क्षेत्रका रुपम विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफु लागि परेको बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका मन्त्री गुप्ताले सवैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धी आउन समय नलाग्ने बताउँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए । एक अर्को प्रसंगमा मन्त्री गुप्ताले रात दिन काम चलिरहेको जानकारी दिँदै छिटै सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने दावी गरे ।

पोखरीयाका मेयर प्रधुमन् चौहानले नगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयबाट बजेट विनियोजन गराउन मन्त्री गुप्तासंग आग्रह गरे ।

ताजा समाचार

spot_img

थप समाचार