बीरगन्ज, २६ चैत । सवौच्च अदालतले. जन्मकैदको फैसला सुनाएको तर १७ वर्षदेखि फरार रहेका व्याक्ति साधुको भेषमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नन्बर २ का ६२ वर्षीया लोकनाथ साह तेली रहेका छन् ।
प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार, साहले २५ वैशाख २०६४ मा जग्गा विवादको विषयमा ढोडा मुखिया विनलाई गोली प्रहार गरी हत्या गरेका थिए। हत्यापछि साह फरार भएका थिए र भारतको चम्पारण पिपरियामा रामजानकी मन्दिरमा साधुको भेषमा १० वर्षदेखि लुकेका थिए।
साहलाई २४ कात्तिक २०६९ मा सर्वोच्च अदालतको फैसलाले ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
सोमबार बीरगन्जबाट साधुको भेषमा पक्राउ परेका साहलाई मंगलबार जिल्ला अदालतमा पेस गरिएको छ।



