spot_img

कर्णालीका १० जिल्लामा हावाहुरीले विद्युत् र टेलिफोन सेवा ठप्प

spot_img
spot_img

सुर्खेत, २८ चैत्र । बुधबार राति आएको तीव्र हावाहुरी र चट्याङका कारण कर्णाली प्रदेशका १० वटै जिल्लामा विद्युत् र टेलिफोन सेवा प्रभावित भएको छ।

राति परेको चट्याङ र आँधीले रुख ढाल्दा मुख्य प्रसारण लाइनमा क्षति पुगेर विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन रामघाटसम्म मात्र सञ्चालनमा छ भने बाँकी भाग मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ। यस्तै, कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन पनि पूर्णरूपमा बन्द भएको छ।

कयौं स्थानमा रुख र पोल ढलेका कारण मर्मत कार्यमा समय लाग्ने प्राधिकरणले जनाएको छ। पश्चिम सुर्खेतको लाइन कहाँ क्षति भएको हो भन्ने पहिचान गर्नसमेत कठिन भइरहेको बताइएको छ।

यी दुई मुख्य लाइनमार्फत कर्णालीका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको हुँदा, अबरुद्ध हुँदा सम्पूर्ण प्रदेशमा अन्धकार छाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय