spot_img

वैशाखमा कर्णाली एजुकेशन एक्स्पो सुर्खेतमा हुने

spot_img
spot_img

काठमाडौँ, ३० चैत्र । नयाँ वर्षको प्रारम्भसँगै कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा शिक्षालाई केन्द्रमा राखेर विशेष शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ। कर्णाली विकास केन्द्रको अग्रसरतामा, बिरेन्द्रनगर नगरपालिकाको समन्वय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएका छन्।

प्रदर्शनी वैशाख ३, ४, र ५ गते हुनेछ, जसमा शैक्षिक नीति, कर्णालीको वर्तमान शैक्षिक अवस्था, सीमान्तकृत समुदायको पहुँच र समाधानका विकल्पबारे कार्यशाला तथा बहस हुने छ। कर्णाली विकास केन्द्रका अध्यक्ष नवीन जैसीका अनुसार कर्णालीको शिक्षा क्षेत्र अन्य क्षेत्रझैँ निकै जटिल अवस्थाबाट गुज्रिरहेको छ, जसको समाधानका लागि यो पहल गरिएको हो।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत सहभागी हुनेछन्। छलफलमा विशेष गरी कर्णालीका शैक्षिक सूचक, बाहिर गएर उच्च शिक्षा लिनेको अवस्था, अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच लगायत विषयवस्तुमा गहिरो विश्लेषण र विचार मन्थन गरिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय