आज कार्यदल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

spot_img

काठमाडौं, ३ वैशाख । सत्तारुढ गठबन्धनले बजेट अधिवेशनको तयारीसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज कार्यदल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बुधबार अपरान्ह ५ बजे बालुवाटारमा कार्यदलको बैठक बस्नेछ। सो बैठकपछि साँझ ६:३० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि हुने तय भएको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट अधिवेशनको तयारी, हालको राजनीतिक परिस्थिति, तथा सत्ता साझेदारीको समन्वय लगायतका महत्वपूर्ण विषयमा छलफल हुने स्रोतको भनाइ छ। सरकारले बजेट अधिवेशन नजिकिएसँगै गठबन्धनभित्रको समन्वयलाई तीव्र बनाउँदै आएको छ।

यसअघिका बैठकहरूमा मन्त्रिपरिषद् विस्तार, प्रमुख नीतिगत एजेन्डा र सरकारको आगामी कार्यदिशाबारे समेत छलफल भइरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय