spot_img

तीनकुने प्रदर्शनमा मानव अधिकारको गम्भीर उल्लंघन भएकाे समितिको निष्कर्ष

spot_img
spot_img

काठमाडौं, ४ वैशाख । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले निकालेको छ। घटनापछि समितिले सरोकारवाला निकायसँग छलफल गरी निर्णय सार्वजनिक गरेको हो।

समितिले गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायतसँग विस्तृत छलफल गरेको थियो।

छलफलपछि सार्वजनिक निर्णयमा तीनकुनेमा भएको प्रदर्शनलाई संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको उल्लंघन ठहर गरिएको छ।

प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो। सरकारी गाडी, निजी तथा व्यावसायिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका घटनाहरू पनि भएका थिए। प्रदर्शनकारीहरूले नेकपा (एस) को कार्यालय, जडिबुटी उद्योग, र सञ्चारमाध्यममाथि समेत आक्रमण गरेका थिए।

समितिले घटनालाई नेपालको संविधानको भाग ३, धारा २५ मा उल्लिखित सम्पत्तिको हक र १९४८ को मानव अधिकार घोषणापत्र लगायत अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन भएको उल्लेख गरेको छ।

समितिले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

त्रिभुवन विमानस्थल र नेपाल आयल निगमजस्ता संवेदनशील संरचना नजिकै भएको भन्दै आगामी दिनमा तीनकुने क्षेत्रमा सभा, प्रदर्शन र धर्ना अनुमति नदिन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय