spot_img

स्याङ्जामा अवैध सुनसहित एक जना पक्राउ

spot_img
spot_img

स्याङ्जा, ४ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध सुनसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बुधबार राति सवारी चेकजाँचका क्रममा वालिङ नगरपालिका–६ का ३६ वर्षीय प्रदीप अर्याल पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ग १ ज ८८०९ नम्बरको इभि भ्यानमा चढेर बुटवलबाट वालिङतर्फ आइरहेका अर्यालको साथबाट ७ तोला ९६९ मिलिग्राम सुन जस्तो देखिने वस्तु फेला परेको हो। उक्त सुनमा बिलबिजक नदेखिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिप्रसाद पौडेलले सुनको गुणस्तर पुष्टि गर्न परीक्षण भइरहेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा उक्त धातु सुन नै भएको देखिएको भए पनि आधिकारिक पुष्टि आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय