spot_img

शिक्षक महासंघको आकस्मिक बैठक आज दिउँसो

spot_img
spot_img

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरमा महत्त्वपूर्ण बैठक बोलाएको छ।

गएको राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलपछि महासंघले आन्तरिक रणनीति बनाउने उद्देश्यले बैठक आह्वान गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत बैठकको जानकारी दिँदै समसामयिक विषयहरूमा गम्भीर छलफल हुने बताएका छन्। बैठकमा महासंघको राष्ट्रिय समिति, संलग्न संस्थाका अध्यक्ष तथा महासचिव, प्रदेश र जिल्ला आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक तथा सचिवहरूलाई उपस्थित हुन भनिएको छ।

प्रधानमन्त्री ओलीले शिक्षकका न्यायोचित मागहरू सम्बोधन गर्न सकिनेबारे सल्लाह गरी निर्णय लिने बताएका थिए। विद्यालय शिक्षा ऐन जारी गर्न सरकार तदारुक रहेको प्रधानमन्त्रीले बताएसँगै महासंघले पनि वार्ता र संवादमार्फत समाधानको बाटो खोज्ने तयारी देखाएको छ।

झण्डै दुई घण्टा लामो छलफलमा महासंघका प्रतिनिधिहरूले चालु आन्दोलन, शिक्षक–कर्मचारीका मागहरू र विद्यालय शिक्षा ऐनको अवस्थाबारे विस्तृत धारणा राखेका थिए।

आजको बैठकबाट आन्दोलनको भावी रणनीति तय हुने अनुमान गरिएको छ। महासंघ र सरकारबीचको संवादले निकास दिन सक्ने संकेत मिलिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय