Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बानेश्वरमा प्रहरी र राप्रपा नेता-कार्यकर्ताबीच घम्साघम्सी

spot_img

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू र सुरक्षाकर्मीबीच काठमाडौंमा झडप भएको छ। निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको हो।

राप्रपाले निषेधित क्षेत्र पार गर्दै सामूहिक गिरफ्तारीको रणनीति बनाएर प्रदर्शनमा उत्रिएको थियो। तर सुरक्षाकर्मीहरूले रोक्न खोज्दा स्थिति तनावग्रस्त बन्न पुगेको हो। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

सरकारले निषेधित क्षेत्र उल्लङ्घन गरेमा कानुनी कारबाही गर्ने चेतावनी दिइसकेको छ। त्यसैका आधारमा काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। बानेश्वर, माइतीघर, नयाँ बानेश्वर लगायतका स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

राप्रपाले वर्तमान राजनीतिक व्यवस्थाको विरोधमा प्रदर्शन गरिरहेको हो। पार्टीले संसदभित्र र बाहिर दुवै दबाबमूलक कार्यक्रम जारी राखेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय