Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

पक्राउ परेका राप्रपाका नेतालाई काठमाडौँ परिसर लगियो

spot_img

काठमाडौँ, ७ वैशाख । सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।

आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा पम्प्लेट प्रहरीले खोसेको थियो । ा

पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय