spot_img

१२ को परीक्षामा सहभागी नहुने महासंघकाे घोषणा

spot_img
spot_img

काठमाडौं, ९ वैशाख । शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासंघले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा शिक्षक, कर्मचारी तथा प्रधानाध्यापकहरू सहभागी नहुने स्पष्ट पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षक अभावमा निजामती कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले आफ्नो अडान सार्वजनिक गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बोर्डको निर्णयलाई आपत्तिजनक भन्दै भने, ‘उनीहरूले परीक्षा चलाउँछन् भने चलाऊन्, हामी शिक्षक तथा कर्मचारी सहभागी हुने छैनौं।’ उनले शिक्षकहरूलाई परीक्षाबाट टाढा रहन अपील पनि गरेका छन्।

‘कापी पनि उनीहरूले परीक्षण गरून्, परीक्षा पनि उनीहरूले चलाऊन्, हामी हेर्छौं,’ सुवेदीले भने।

शिक्षक महासंघको नेतृत्वमा शिक्षक समुदाय चैत २० देखि काठमाडौंमा शिक्षा विधेयक पारित गराउन दबाबमूलक आन्दोलनमा छन्। सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरू निरन्तर दबाब दिइरहेका छन्।

देशभर सञ्चालन हुने कक्षा–१२ को परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने अनुमान छ। तर, शिक्षकहरूको सहभागीता नहुने घोषणा परीक्षा सञ्चालनमा चुनौती बन्ने देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय