spot_img

प्रयोगकर्तालाई सचेत रहन इसेवाकाे आग्रह

spot_img
spot_img

काठमाडौँ, ९ वैशाख । डिजिटल वालेट इसेवाले आफ्नो नाममा व्यक्तिगत विवरण माग्ने गतिविधिलाई लिएर प्रयोगकर्ताहरूलाई सचेत रहन आग्रह गरेको छ। कम्पनीले मङ्गलबार एक सूचना जारी गर्दै, पछिल्लो समय सामाजिक सञ्जालमार्फत गोप्य जानकारी माग्ने गतिविधि बढेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो।

इसेवाले भनेको छ, “केही व्यक्तिहरूले ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत इसेवा प्रयोगकर्तालाई कर्मचारी भएको दाबी गर्दै OTP, MPIN, पासवर्ड लगायत गोप्य जानकारी मागिरहेका छन्। साथै, ठूलो रकमको चिठ्ठा जितेको भन्दै कर तिर्न पनि आग्रह गर्दैछन्।”

कम्पनीले स्पष्ट पारेको छ कि यसको कुनै कर्मचारीले सामाजिक सञ्जालमार्फत गोप्य जानकारी कहिल्यै माग्दैन। यदि यस्तो म्यासेज वा फोन प्राप्त भएमा प्रयोगकर्ताले तत्काल सावधानी अपनाउन र कुनै गोप्य विवरण नदिने आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय