spot_img

पूर्वराजा ज्ञानेन्द्र र संवाद सचिव पाठकमाथि कारबाहीको माग

spot_img
spot_img

काठमाडौं,१४ बैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकमाथि संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले डा. पाठकद्वारा सार्वजनिक गरिएको संवेदनात्मक सन्देशलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन्। पाठकले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सिएको संवेदना सन्देश’ भनेर वक्तव्य जारी गरेकोमा गैरेले आपत्ति जनाए।

गैरेले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्ता शब्दावली प्रयोग गर्नु संविधानको उल्लङ्घन हो। नेपालमा अब श्री ५ महाराजधिराज भन्ने पद र मान्यता छैन।” उनले संविधान, संसद र कानुनी राज्यको सर्वोच्चताको रक्षा गर्न जोड दिए।

गैरेले संवाद सचिव डा. फणिन्द्रराज पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनअनुसार कारबाही गर्न सरकारलाई माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय