Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...

एनपीएलमा जनकपुर बोल्ट्सको खराब...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

च्याटजीपीटीलाई टक्कर: मेटाले ल्यायो ‘मेटा एआई’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ वैशाख । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरमा कृत्रिम बुद्धिमत्ता (AI) सुविधा थपिसकेको मेटा कम्पनीले अब च्याटजीपीटीलाई प्रत्यक्ष चुनौती दिने गरी ‘मेटा एआई’ नामक छुट्टै एप सार्वजनिक गरेको छ।

मेटाले ‘लामा कन्क्ट’ (Llama Connect) कार्यक्रममा नयाँ एआई प्लाटफर्मको घोषणा गरेको हो। मेटा एआई एप प्रयोगकर्ताले सोसल मिडियाबाट सिर्जना भएका एआई सामग्री हेर्न, आफ्ना ‘प्रम्ट’ लेख्न तथा एआई कला साझा गर्न सक्ने सुविधा दिन्छ। कम्पनीका सीईओ मार्क जुकरबर्गका अनुसार, एप अहिले साधारण देखिए पनि निरन्तर प्रयोग गर्दै जाँदा प्रयोगकर्ताका लागि अझ सान्दर्भिक सेवा र प्रतिक्रियाहरू दिन सक्षम हुनेछ।

जुकरबर्गले मेटा एआईलाई प्रयोगकर्तासँग नजिक बनाउने प्रयासस्वरूप यसमा फेसबुक र इन्स्टाग्राम खाताबाट डेटा अध्ययन गरी सेवा प्रदान गर्ने बताएका छन्। साथै, रे–ब्यान मेटा स्मार्ट ग्लास प्रयोगकर्ताले आफ्नो चस्मालाई मेटा एआईसँग इन्टिग्रेट गर्न सक्नेछन्। तर, नेपालमा अहिले मेटा एआई स्मार्ट ग्लास बिना चलाउन सकिँदैन।

मेटा एआईको लामा मोडलमार्फत प्रयोगकर्ताले अन्य साथीभाइले सिर्जना गरेका एआई पोस्टहरू पनि हेर्न सक्छन्, जसले यसलाई सामाजिक सञ्जालमा आधारित एआई बनाएको छ। विश्लेषकहरूका अनुसार, मेटाले यो एपमार्फत ओपनएआईको च्याटजीपीटीलाई प्रत्यक्ष चुनौती दिएको छ।

सार्वजनिक भएको तीन दिनमै यो एपले ५ लाखभन्दा बढी डाउनलोड प्राप्त गरिसकेको छ, जसले यसको प्रारम्भिक लोकप्रियता देखाउँछ।

ताजा समाचार

थप समाचार