spot_img

डीएसपी भन्दै ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

spot_img
spot_img

काठमाडौं,२८ जेठ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जनालाई काठमाडौंमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपीलराज बोहराका अनुसार, पक्राउ परेकाहरूले हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये ज्ञानु तामाङको आपराधिक पृष्ठभूमि रहेको पाइएको छ। उनी २०७० फागुन २० गते हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन्। यसअघि पनि उनी २०७० वैशाख १६ गते सार्वजनिक अपराधमा र २०६७ कात्तिक ५ गते जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलाइएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। यस घटनाले सार्वजनिक पद धारण गरेको भन्दै ठगी गर्ने प्रवृत्तिमाथि पुनः प्रश्नचिह्न खडा गरेको छ। प्रहरीले यस्ता ठगीका घटनाबाट बच्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय