काठमाडौं,२१ चैत । प्रतिनिधिसभाको उपसभामुख चयन नजिकिँदै गर्दा रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच महत्वपूर्ण भेटवार्ता भएको छ। शनिबार लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो छलफल भएको हो।
भेटमा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसद्भित्रको रणनीतिबारे कुराकानी केन्द्रित रहेको स्रोतले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको यो संवादलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि रास्वपाले डीपी अर्याल लाई सभामुखमा निर्वाचित गराइसकेको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गबाट हुनुपर्ने भएकाले उपसभामुख चयनमा अन्य दलसँग सहकार्य अपरिहार्य बनेको छ।
आगामी निर्वाचनमा हुने समीकरण र सहकार्यको संकेतका रूपमा यस भेटलाई विश्लेषण गरिएको छ।

