spot_img

कैलालीमा सर्पदंशबाट शिक्षिकाको मृत्यु

spot_img
spot_img

कैलाली,३० जेठ । कैलाली जिल्लामा सर्पको डसाइबाट एक महिला शिक्षिकाको ज्यान गएको छ। गोदावरी नगरपालिका स्थित शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पदंशका कारण मृत्यु भएको हो।

डसाइपछि उनलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अवस्थी धनगढी उपमहानगरपालिका–३, बोराडाँडी निवासी हुन्। घटनापछि स्थानीय बासिन्दा तथा विद्यालय समुदायमा शोकको वातावरण छ।

सर्पदंशको समयमा समयमै र प्रभावकारी उपचार नपुग्दा ज्यान जाने जोखिम बढ्ने हुँदा सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय