spot_img

उदयपुरमा सिक्री लुटेर भाग्दै गरेका युवक रंगेहात पक्राउ

spot_img
spot_img

उदयपुर,३१ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा शनिबार बिहान दुई महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। पर्सा,बीरगन्ज महानगरपालिका–२ का १९ वर्षीय सचिन राजपुतलाई प्रहरीले भाग्दै गर्दा बाटैबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार राजपुतले चौदण्डीगढी नगरपालिका–४ स्थित शनिबारे बजारमा बिहान करिब ९:४५ बजे बाटो हिँडिरहेका दुई स्थानीय महिलाको घाँटीमा रहेको सुनको सिक्री लुछेर भागेका थिए।

उनले एक महिलाको १२ आना र अर्कीको १० आना तौलका गरी दुई थान सिक्री लुटेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका राजपुतलाई इलाका प्रहरी कार्यालय, बेल्टारको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय