प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सहभागी हुने

spot_img

काठमाडौं,१२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन प्रस्थान गर्दैछन्। उनी चीनको तियानजिन सहरमा १५–१६ भदौसम्म हुने संघाई सहयोग संगठन (SCO) को २५औँ शिखर सम्मेलन तथा ‘SCO Plus’ बैठकमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत र चीनले लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने हालैको सहमतिको पृष्ठभूमिमा यो भेटलाई नेपालले निकै संवेदनशील रुपमा लिएको छ।

ओलीले सम्मेलनमा सम्बोधन गर्ने र अन्य सदस्य मुलुकका नेताहरूसँग पनि साइडलाइन भेटवार्ता गर्नेछन्। भ्रमणको क्रममा १७ भदौमा ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान चङसँग भेट गर्नेछन् र सोही दिन जापानी आक्रमणविरुद्ध चीनको विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन्।

नेपाल ‘संवाद साझेदार (Dialogue Partner)’का रूपमा सम्मेलनमा सहभागी हुँदैछ, तर पूर्ण सदस्य राष्ट्र भने होइन।

पूर्वराजदूत टंक कार्कीले भारत–चीनको लिपुलेक व्यापार सहमतिको विषयमा नेपालले आफ्नो सरोकार स्पष्ट राख्नुपर्ने सुझाव दिएका छन्। “भारत र चीनबीचको सहमतिप्रति नेपाल एकमत छ,” कार्की भन्छन्, “यस भ्रमणमा नयाँ माग अघि सार्नेभन्दा पनि पुराना सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ।”

गत वर्ष प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो चीन भ्रमण हो।

spot_img

ताजा अपडेट

लोकप्रिय