Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

पाकिस्तानमा भीषण बाढी: करिब १६ लाख प्रभावित, उद्धार र राहत तीव्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ भदौ । पाकिस्तानको सिन्ध प्रान्तमा आएको भीषण बाढीले करिब १६ लाख मानिस प्रभावित बनाएको छ। सिन्धका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले शनिबार मिडियासँग कुरा गर्दै प्रान्तका १,६५७ गाउँ डुबानमा परेको जानकारी दिए।

उनका अनुसार प्रान्तीय सरकारले सबै संयन्त्र सक्रिय गरी बाढी व्यवस्थापन र उद्धार कार्य तीव्र बनाएको छ। मन्त्रीहरूले प्रभावित क्षेत्रमा प्रत्यक्ष अनुगमन गरिरहेको र जिल्ला अधिकारीहरूलाई सक्रिय बनाइएको उनले बताए।

सिन्धसँगै पञ्जाब प्रान्तका धेरै क्षेत्र पनि डुबानमा परेका छन्। त्यहाँ अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भइसकेको छ भने १५ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।

भारी वर्षाका कारण सतलज, चेनाब र रावी नदीमा पानीको सतह बढ्दै जाँदा बाढीको जोखिम अझै कायम रहेको छ। अहिलेसम्म करिब ४ लाख ८१ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जियो न्यूजले जनाएको छ।

सिन्ध सरकारले ५५१ स्थानलाई राहत शिविरका रूपमा तोकेको छ भने आपतकालीन उद्धारका लागि १९२ वटा डुङ्गा तयारी अवस्थामा राखिएका छन्।

मेमनका अनुसार, यदि पानीको सतह अझै बढेमा १६७ युनियन काउन्सिलका करिब २ लाख ७३ हजार परिवार थप प्रभावित हुन सक्ने अनुमान गरिएको छ। उनले सेप्टेम्बर २ देखि ३ तारिखसम्म सिन्ध क्षेत्रमा बाढीको पानी थप बढ्न सक्ने चेतावनी पनि दिए।

हाल गुड्डु ब्यारेजमा ३.५१ लाख क्युसेक, सुक्कुरमा २.८९ लाख क्युसेक र कोट्रीमा २.५१ लाख क्युसेक पानीको बहाव भइरहेको छ, जुन क्षमताभन्दा कम भएकाले तत्काल स्थिति स्थिर रहेको जनाइएको छ।

मेमनले जनतालाई अनावश्यक त्रास नलिन आग्रह गर्दै भने, “सहरी क्षेत्र तत्काल जोखिममा छैनन्, र सेनाको सहयोग लिनुपर्ने आपतकालीन अवस्था हालसम्म छैन।”

उनले नदी किनार क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गर्दै गाईवस्तुका लागि करिब ३०० शिविर स्थापना गरिएको र १५ जिल्लामा नजिकबाट निगरानी भइरहेको जानकारी पनि दिए।

ताजा समाचार

थप समाचार