Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २५० जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ भदौ । अफगानिस्तानमा आइतबार राति आएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

६.३ म्याग्निच्युडको यो भूकम्पले कम्तीमा २५० जनाको ज्यान लिएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। स्थानीय समयअनुसार राति १२ः४७ बजे जलालाबाद नजिक केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पको धक्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।

मुख्य भूकम्पपछि पनि लगातार परकम्पहरू आइरहेका छन्, जसले उद्धार कार्यमा चुनौती थपेको छ। ४।७, ४।३ र ५।० म्याग्निच्युडका ठूला परकम्पहरूले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। गत वर्ष सन् २०२३ मा पनि अफगानिस्तानमा विनाशकारी भूकम्प गएको थियो, जसमा ४ हजार जनाको मृत्यु भएको सरकारी तथ्यांक थियो। संयुक्त राष्ट्रसंघले भने १,५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

यसपटक पनि मानवीय क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ। सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भूकम्पले पूर्वी प्रान्तहरूमा ठूलो क्षति पुर्‍याएको जानकारी दिएका छन्, तर मानवीय क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरेका छैनन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकारी तथा गैर(सरकारी संस्थाहरू परिचालन भएका छन् ।

ताजा समाचार

थप समाचार