Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

लिस्बनमा रेल दुर्घटना : कम्तिमा १५ को मृत्यु, १८ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ भदौ । पोर्चुगलको राजधानी लिस्बनमा अवस्थित प्रसिद्ध ग्लोरिया फ्युनिकुलर रेल दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन्। दुर्घटना बुधबार साँझ करिब ६ बजे एक डिब्बा पटरीबाट खसेपछि भएको हो।

आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने बाँकी १३ जनाले सामान्य चोटपटक पाएका छन्। घाइतेमध्ये एक बच्चा पनि रहेको बताइएको छ।

सुरुवातीमा कैयौं मानिस डिब्बाभित्रै फसेको आशंका गरिएको थियो तर अहिले सबैलाई उद्धार गरिएको अधिकारीहरूले पुष्टि गरेका छन्। मृतकमध्ये केही विदेशी यात्रु पनि रहेको अनुमान छ, तर उनीहरूको नागरिकता भने खुलाइएको छैन।

राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै यो दुर्घटनालाई ठूलो क्षति भएको बताएका छन्। त्यस्तै, लिस्बनका मेयर कार्लोस मोइडेसले राजधानीका लागि यो “दुःखद क्षण” भएको प्रतिक्रिया दिएका छन्।

ताजा समाचार

थप समाचार