spot_img

२० जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

spot_img
spot_img

जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न स्थानमा वर्षा जारी रहँदा २० जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्र घोषित गरेको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको विभागले जनाएको छ।

विशेषगरी मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएको विभागको भनाइ छ।

शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लाहरू बाढीको अति उच्च जोखिममा छन्।

त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, रूपन्देही र कपिलवस्तु लगायतका जिल्लाहरूमा पनि उच्च जोखिमको सम्भावना रहेको छ।

यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके र बर्दिया जिल्लामा बहने स–साना नदीहरूको बहाव बढ्ने सम्भावना भएकाले आकस्मिक बाढीको जोखिम रहने विभागले चेतावनी दिएको छ।

विभागले नदी तटीय तथा कमजोर भौगोलिक क्षेत्रका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा नदी किनारमा नजान र मौसम सम्बन्धी ताजा जानकारी नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय