spot_img

देशभर थप १४४ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ६ हजार ६ सय ६८ पुग्यो

spot_img
spot_img

काठमाडौं, ९ कात्तिक। देशभर डेंगु संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो एक सातामा मात्र १ सय ४४ जनामा डेंगुको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै नेपालभर डेंगु संक्रमितको कुल संख्या ६ हजार ६ सय ६८ पुगेको छ।

वर्षायाम सकिए पनि कात्तिक महिनासम्म डेंगु संक्रमण घटेको छैन। प्रदेशगत तथ्यांकअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १ हजार ६ सय ४९ जना संक्रमित छन्। त्यसपछि गण्डकीमा १ हजार ६ सय ३१, लुम्बिनीमा १ हजार १ सय १७, कोशीमा ८ सय ९५, सुदूरपश्चिममा ७ सय ६२, कर्णालीमा ४ सय ७४ र मधेश प्रदेशमा १ सय ३९ जना संक्रमित रहेका छन्।

स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण र सरसफाइमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय