Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

सिर्सिया सफाइ पर्वसँग होइन, चेतनासँग जोड्नुपर्छ” — मेयर सिंह

spot_img

सिफारिस

 

वीरगंज, १२ कात्तिक ।वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीको सफाइ र संरक्षणलाई केवल पर्वको विषय नभई सामूहिक चेतना र निरन्तर प्रतिबद्धताको मुद्दा बनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा मेयर सिंहले भनेका छन्,

“डुब्दै गएपछि डाँडो सम्झने उखानझैं, सिर्सियाको व्यथा पनि यस्तै नियतिको शिकार बन्दै गएको छ। छठ आउँदा मात्र हामीलाई सिर्सिया नदीको प्रदूषण सम्झना हुन्छ, अनि अर्को वर्ष फेरि त्यही बहस दोहोरिन्छ।”
- Advertisement -

उनले पदभार सम्हालेको ४० महिनादेखि नै सिर्सिया सफाइको अभियानमा लागिरहेको बताउँदै, केवल कानूनी हैसियतबाट होइन, नैतिक जिम्मेवारीका रूपमा पनि आफूले आवाज उठाइरहेको उल्लेख गरे।
मेयर सिंहका अनुसार केही गैरजिम्मेवार उद्योगहरूले फोहर पानी र रासायनिक पदार्थहरू सिधै नदीमा फ्याँक्दा सम्पूर्ण उद्योग समुदाय नै बदनाम हुनुपरेको छ।

“अब सिर्सियालाई छठका बेला मात्रै होइन, सधैं सम्झनु पर्ने समय आएको छ,” मेयर सिंहले भने, “यस पटक युवाहरूले छठको प्रसंगमा सिर्सिया सफाइबारे आवाज उठाएको देख्दा नयाँ ऊर्जा र जिम्मेवारीको बोध भएको छ।”

सिंहले चेतनालाई स्थायी बनाउन निरन्तर दबाब र सहभागिता आवश्यक रहेको बताउँदै भने,

“अबको आवश्यकता भनेको सिर्सिया सफाइ अभियानलाई पर्वसँग होइन, चेतनासँग जोड्ने हो।”

उनले महानगर मात्र होइन, सबै नागरिक, उद्योगी, संघसंस्था र युवाहरूको साझा संकल्प र हातेमालोबाट मात्रै सिर्सिया पुनः जीवन्त बन्न सक्ने विश्वास व्यक्त गरे।

वीरगंजको मुटु मानिने सिर्सिया नदी नेपालको पर्सा जिल्लाको दक्षिण भाग हुँदै भारतको बिहार राज्यतिर बग्ने एक प्रमुख नदी हो। यो नदी वीरगंजका उद्योग क्षेत्र र बस्तीका फोहर र औद्योगिक फालफालका कारण लामो समयदेखि अत्यधिक प्रदूषित बन्दै आएको छ।

सिर्सियाको पानीमा रासायनिक तत्व र दुर्गन्धको मात्रा बढेकाले स्थानीय बासिन्दाहरूमा स्वास्थ्य जोखिम समेत बढेको छ। विगत दुई दशकदेखि विभिन्न संघ–संस्था र स्थानीय निकायले सफाइ अभियान चलाए पनि निरन्तर निगरानी र व्यवहारिक प्रतिबद्धताको अभावमा नदी अझै प्रदूषित रहेको छ।

छठ पर्वका समयमा हिन्दू समुदायका श्रद्धालुहरू सिर्सियामा स्नान र पूजा गर्ने परम्परा रहेकाले यस अवधिमा मात्र नदी सफाइबारे चर्चा हुने गरेको छ। तर प्रदूषण नियन्त्रणका प्रयासहरू वर्षभरि निरन्तर हुनुपर्ने माग बढ्दै गएको छ।

वीरगंजका मेयर राजेशमान सिंहले सिर्सिया नदी सफाइलाई छठजस्ता पर्वमा मात्रै सीमित नराखी सामूहिक चेतनाको निरन्तर अभियान बनाउन आग्रह गरेका छन्। उनले औद्योगिक फोहरका कारण नदी प्रदूषित बनेको बताउँदै सबै पक्षको सहकार्यबिना सिर्सिया पुनः जीवन्त नहुने समेत बताएका छन्।

ताजा समाचार

थप समाचार