spot_img

बाराको कलैया वितरण केन्द्रद्वारा विद्युत सेवा सुधारका लागि सम्पर्क नम्बर सार्वजनिक

spot_img
spot_img

वीरगन्ज,०२ असार । नेपाल विद्युत प्राधिकरण अन्तर्गत कलैया वितरण केन्द्रले विद्युत सेवा प्रभावकारी र छिटो बनाउन विभिन्न फाँटका कर्मचारीहरूको नामसहित सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

उपभोक्तालाई विद्युतसम्बन्धी समस्या परेमा तत्काल समाधान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको केन्द्रले जनाएको छ।
लाइन मर्मतका लागि मर्मत फाँटतर्फ ०५३–५४०८५३ र ९८५५०९९८५४ नम्बर उपलब्ध गराइएको छ।

मर्मत प्रमुख प्रकाश सिम्खडा (९८४५२६०३२), मर्मत इन्चार्ज विपिन चौधरी (९८५७८७४७२) र दिनेश कुमार साह (९८४८५६८५९६) लाई पनि सम्पर्क गर्न सकिनेछ।

वितरण तथा प्रसारण लाइनमा अवरोध वा विद्युत दुर्घटना भएमा तोकिएका अधिकारीमार्फत सेवा लिन सकिने केन्द्रले जनाएको छ।
फ्युज सेवा अन्तर्गत विभिन्न क्षेत्रका लागि जिम्मेवारी तोकिएको छ। कलैया क्षेत्रमा हरिश महतो (९८४९९०००७९) र चन्द्रशेखर प्रसाद (९८५४२६५०७९), कोल्हबी क्षेत्रमा सागर साह (९८४५२३२३३४), बरीयारपुरमा कमल महतो (९८५५०२२३७७), गञ्जभवानीपुरमा लालबहादुर पाण्डे (९८५४२२९२६९), पिपरामा भोला यादव (९८४९९२२३५५) र छविलाल यादव (९८५४२२२२६६) तोकिएका छन्।

त्यस्तै फेटा क्षेत्रमा लालबाबु ठाकुर (९८५५०८६८६८) र जाहेर दास (९८५४३७८०५६), इन्नर्वा क्षेत्रमा उदय कुशवाहा (९८४७२९३३२३) जिम्मेवारीमा रहेका छन्।

लेखा तथा प्रशासनतर्फ विष्णु प्रसाद गुप्ता (९८४९५९०५९९) लाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। मिटर रिडिङ तथा बिलिङसम्बन्धी गुनासोका लागि ०५३–५४२३४४ र अशोक कुमार चौधरी (९८४५९८७०७६) लाई सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय