जेमिनाई एआईले गुगल म्याप्सलाई थप स्मार्ट बनायो

spot_img

काठमाडौँ,२० कातिक । गुगलले आफ्नो नेभिगेसन एप गुगल म्याप्समा जेमिनाई एआई समावेश गर्दै एपलाई अझ स्मार्ट र अन्तरक्रियात्मक बनाएको छ। अब प्रयोगकर्ताले बोलेरै ठाउँ खोज्न सक्ने, टाइप गर्न नपर्ने सुविधा पाएका छन्।

म्याप्सको क्यामेरा अन गरेर वरिपरिको स्थानतर्फ हेर्दा एआईले त्यहाँका पसल, रेस्टुरेन्ट र प्रसिद्ध स्थलबारे जानकारी दिनेछ। जेमिनाईले प्रयोगकर्तासँग डबल संवाद र ह्यान्ड्स-फ्री इन्टरफेसको सुविधा पनि उपलब्ध गराएको छ, जसले चालकलाई स्टेयरिङबाट हात नहटाई नै मार्गदर्शन र सुझाव लिन सक्ने बनाउँछ।

उदाहरणस्वरूप, चालकले “मेरो रुटमा सस्तो, साकाहारी रेस्टुरेन्ट कहाँ छ?” सोध्दा एआईले जवाफ दिनेछ र “त्यतै जाऊँ” भन्ने कमाण्डले सिधा नेभिगेसन सुरु गर्न सकिन्छ। जेमिनाईले क्यालेन्डरसँग पनि म्याप्स जोड्ने सुविधा दिएको छ, जसले “भोलि ५ बजे फुटबल अभ्यासको इभेन्ट थपिदेऊ” जस्ता आदेश स्वतः पूरा गर्न सक्ने बनाएको छ।

त्यसैगरी, जेमिनाईले लाइभ लोकेसनमा आधारित नेभिगेसन सुधार, ट्राफिक बत्ती, स्टप साइन, पेट्रोल पम्प, रेस्टुरेन्ट र प्रसिद्ध भवनहरूको चिन्ह प्रदर्शन र अप्रत्याशित ट्राफिक जाम वा सडक बन्दको चेतावनी पनि दिनेछ।

गुगलका अनुसार, जेमिनाई इंटिग्रेशनले म्याप्सलाई केवल बाटो देखाउने उपकरण नभई सडक पूर्वाधारको विज्ञ र डिजिटल सहायक बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय