spot_img

बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान सम्पन्न, ६४।६६ प्रतिशत मतदाताको सहभागिता

spot_img
spot_img

काठमाडौं,२१ कात्तिक । भारतको बिहार राज्यमा जारी विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार शान्तिपूर्ण र उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार पहिलो चरणअन्तर्गत प्रदेशका १८ जिल्लामा पर्ने १२१ विधानसभा क्षेत्रमा मतदान भएको हो।

यस चरणमा करिब ३ करोड ७५ लाखभन्दा धेरै मतदातालाई मतदान गर्ने अवसर मिलेको थियो। आयोगले सार्वजनिक गरेको विवरणअनुसार कूल ६४.६६ प्रतिशत मतदाताले मतदान गरेका छन्, जुन पछिल्ला चुनावहरूको तुलनामा धेरै उच्च दर मानिएको छ।

बीबीसी हिन्दीसहितका भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार कतिपय स्थानमा सामान्य विवाद र साना घटनाहरू देखिए पनि अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ।

बिहार चुनावको दोस्रो चरण नोभेम्बर ११ मा हुने छ भने मतगणना नोभेम्बर १४ का दिन हुने निर्वाचन आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय