spot_img

दिल्ली विमानस्थलको एटीसी सिस्टम बिग्रिँदा उडान अवरुद्ध

spot_img
spot_img

काठमाडौं,२१ कात्तिक । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न प्राविधिक समस्याका कारण सयौं हवाई उडानहरू प्रभावित भएका छन्। हवाई ट्राफिक नियन्त्रण (एटीसी) प्रणालीमा आएको समस्या शुक्रबार बिहानसम्म पनि पूर्ण रूपमा समाधान भइसकेको छैन।

समाचार एजेन्सी पीटीआई का अनुसार बिहीबार साँझदेखि एटीसीको स्वचालित प्रणालीमा समस्या आएपछि विमानस्थलमा उडानहरूको योजना र नियन्त्रण म्यानुअल रूपमा गर्नुपरेको छ। यसले उडानहरूको तालिका अस्तव्यस्त बनेको र केही उडानहरू ढिलाइ वा रद्द गर्नुपरेको बताइएकाे छ।

भारतको सबैभन्दा व्यस्त विमानस्थल मानिने इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब १,५०० भन्दा बढी उडानहरू सञ्चालन हुन्छन्। विमानस्थल स्रोतका अनुसार प्राविधिक टोलीहरू समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरिरहेका छन्।

विमानस्थल प्राधिकरणले यात्रुहरूलाई धैर्य राख्न आग्रह गर्दै भनिएको छ, “हाम्रो प्राविधिक समूहले समस्या समाधानका लागि निरन्तर प्रयास गरिरहेको छ। सेवा चाँडै सामान्य अवस्थामा फर्किने अपेक्षा छ।” प्राविधिक समस्या समाधान भएपछि हवाई सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय