spot_img

नारायणी एफएमले २०औँ वार्षिकोत्सवमा समाचार वाचन प्रतियोगिता आयोजना

spot_img
spot_img

बीरगन्ज,२१ कात्तिक । बीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज ले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘समाचार वाचन प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

एफएमका कार्यकारी निर्देशक शिवनाथ यादवका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र समाचार प्रस्तुतीकरण सीप विकास गर्नु हो। एफएमले विगत दुई दशकदेखि समुदायको आवाजलाई मुखर बनाउँदै समाचार, शिक्षा, मनोरञ्जन र सामाजिक सचेतनाका कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु. २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने छ।

प्रतियोगिता मंसिर ६ गते (शनिबार) सञ्चालन हुने छ भने कार्यक्रम स्थलको विवरण पछि सार्वजनिक गरिने यादवले जानकारी दिएका छन्। इच्छुक सहभागीहरूले नारायणी एफएमको वेबसाइटमा रहेको आवेदन फाराम डाउनलोड गरी एफएम कार्यालयमा बुझाउन सक्नेछन्। फाराम कार्यालयमै पनि उपलब्ध हुने जानकारी दिइएको छ।

फाराम बुझाउने अन्तिम मिति मंसिर १ गते साँझ ५ बजेसम्म तोकिएको छ। प्रतियोगितामा कुनै उमेर सीमा नभएको र सहभागीहरूले आफूलाई सहज हुने भाषामा समाचार वाचन गर्न पाउने व्यवस्था गरिएको छ।

एफएमले सञ्चार क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभाहरूलाई समयमै आवेदन दिन र आफ्नो क्षमता प्रदर्शन गर्न आह्वान गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय