रास्वपा केन्द्रीय समिति बैठक बस्दै

spot_img

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

आइतबार बसेको सचिवालय बैठकले तय गरेको एजेण्डाअनुसार आजको केन्द्रीय समिति बैठक साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारका विषयमा केन्द्रित रहनेछ। बैठकमा पार्टीका हालसम्मका गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनुका साथै केन्द्रीय सदस्यहरूले आ-आफ्नो क्षेत्रगत रिपोर्टिङ गर्ने कार्यक्रम छ।

यसैगरी, बैठकमा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधान संशोधनका विषयमा महत्वपूर्ण छलफल हुने जनाइएको छ। साथै, स्थानीय तहका उम्मेदवारहरूको ‘क्लब’ गठन तथा आवेदन आह्वान गर्ने प्रस्तावमाथि पनि निर्णय लिइनेछ।

प्रवासी नेपालीलाई विदेशबाटै मताधिकार दिने विषयमा पनि बैठकमा छलफल हुने कार्यसूचीमा समावेश गरिएको छ, जसलाई पार्टीको दीर्घकालीन रणनीतिक एजेण्डाका रूपमा हेरिएको छ।
बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरू अनुमोदन गर्नुका साथै विभिन्न नीतिगत तथा संगठनात्मक विषयमा आवश्यक निर्णय लिनेछ।
प्रस्तावित कार्यसूची:
१) पार्टी गतिविधिबारे ब्रिफिङ
२) केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२० जना, प्रत्येक २ मिनेट)
३) केन्द्रीय समिति पदाधिकारी मनोनयन
४) महाधिवेशन कार्यविधि मस्यौदा
५) विधान संशोधन
६) स्थानीय तह उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान
७) प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने विषय
८) सचिवालयका निर्णय अनुमोदन
९) विविध
क) विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचार
ख) विषयगत विभागका योजना तथा नीति मन्थनसम्बन्धी निर्देशन
ग) संसदीय दलको विधान संशोधन सम्बन्धी छलफल
बैठकबाट संगठन विस्तार, नीति परिमार्जन र आगामी महाधिवेशनको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय