नेपाल टेलिकम माघसम्म फाइभजी सेवा सुरू गर्ने तयारीमा

spot_img

काठमाडौं,२२ कातिक । नेपाल टेलिकमले आगामी माघसम्ममा काठमाडौं र पोखराका केही स्थानमा फाइभजी सेवा सुरू गर्ने तयारी अघि बढाएको छ।

तर, फाइभजी सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को सहयोग आवश्यक हुने नेपाल टेलिकमकी प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले बताइन्। उनले शुक्रबार आयोजित भूप राज पाण्डे पोलीसी डायलग कार्यक्रममा भनिन्, “पहिलो पटक फाइभजी ल्याउने सेवा प्रदायक मात्र बन्न चाहदैनौं। फाइभजीमा ठूलो लगानी आवश्यक पर्छ र लगानी फिर्ता आउन लामो समय लाग्ने देखिएको छ।”

डंगोलले प्राधिकरणलाई अनुरोध गरिन् कि कस्टमर डिमाण्ड, लगानी फिर्ता र फ्रिक्वेन्सी चयनमा विस्तृत अध्ययन गर्न सहयोग गर्न आवश्यक छ। उनले फाइभजी सेवा सुरू हुनुअघि सब्सिडी र अन्य प्रोत्साहन प्रदान गर्नुपर्नेमा जोड दिइन्।

नेपाल दूरसञ्चार प्राधिकरणले छिट्टै सबै ब्यान्डमा फ्रिक्वेन्सी अक्सन खोल्ने तयारी गरेको छ। प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले भने, “स्पेक्ट्रमको अक्सन अन्तिम चरणमा पुगेको छ। छिट्टै सबै ब्यान्ड खोल्दै छौं।”

हाल नेपालमा २६०० मेगाहर्ज सपोर्ट गर्ने ह्याण्डसेट करिब १५ प्रतिशत मात्र छन्। भण्डारीले भने, “फाइभजी सुरू गर्न आवश्यक इन्सेन्टिभमा प्राधिकरण सहयोग गर्न तयार छ।”२०७८ चैतमा रेडियो फ्रिक्वेन्सी नीति समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षण अनुमति दिएको थियो। त्यसपछि २०७८ साउनमा २६०० मेगाहर्ज ब्यान्डको ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराउने निर्णय भएको थियो।

नेपाल टेलिकम र एनसेलले परीक्षण अनुमति मागे पनि अन्ततः नेपाल टेलिकम मात्र फाइभजी परीक्षणमा अगाडि बढेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय