spot_img

रक्सौलमा भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीको सक्रिय प्रचार अभियान

spot_img
spot_img

बीरगन्ज,२३ कात्तिक । भारतीय जनता पार्टी (भाजपा) जिल्ला महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीले रक्सौल क्षेत्रका ग्रामीण बस्तीहरूमा धमाधम प्रचार अभियान सञ्चालन गरेकी छन्। उनले आफ्नी टोलीसहित भवानीपुर, चैनपुर, श्यामपुर, कटगेनवा, इकडेरवा र रक्सौलको ठूलो परेवा लगायतका गाउँहरूमा पुगेर स्थानीयसँग जनसम्पर्क गरिन् र वर्तमान भाजपा विधायक प्रमोद सिन्हाको पक्षमा मतदान गर्न आग्रह गरिन्।

नेत्री तिवारीले आफ्नो बेबाक र प्रभावशाली शैलीमा केन्द्र तथा राज्य सरकारको विकास योजना र जनकल्याणकारी कार्यक्रमहरूको जानकारी विशेष गरी महिलाहरूबीच प्रस्तुत गरिन्। उनका कुरा सुनेर धेरै महिलाहरू प्रभावित भए र उनले बताएअनुसार भाजपा पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय महिलाहरूले पार्वती तिवारीजस्ता महिला नेताहरूले भविष्यमा नेतृत्वको भूमिकामा अझ सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका छन्। सहभागीहरूका अनुसार, “उनको स्पष्ट बोल्ने र बुझाउने शैलीले हामीलाई मतदानका लागि प्रेरित गरेको छ।”

श्रीमती तिवारीले जनतालाई “पहिले मतदान, त्यसपछि जलपान” भन्ने सन्देश दोहोर्‍याउँदै लोकतान्त्रिक जिम्मेवारी पूरा गर्न आग्रह गरिन्। स्थानीय तहका प्रतिक्रियाहरूले देखाउँछन् कि पार्वती तिवारी राजनीतिमा नयाँ आशाको किरणका रूपमा देखा परेकी छिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय