spot_img

नेपालले मलेसियाको १० बुँदे श्रम मापदण्ड अस्वीकार

spot_img
spot_img

काठमाडौं,२४ कात्तिक । नेपाल सरकारले मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड कार्यान्वयन गर्न नसकिने भन्दै आधिकारिक कूटनीतिक नोट पठाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालय मार्फत क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत मलेसियालाई बुझाइएको हो।

नेपालको आधिकारिक धारणा अनुसार मलेसियाको मापदण्डले वैदेशिक रोजगार एजेन्सीहरूको समान अवसर र निष्पक्ष प्रतिस्पर्धामा असर पुर्‍याउने भएकाले अस्वीकार्य छ। मन्त्रालयले नेपाल–मलेसिया द्विपक्षीय श्रम सम्झौता, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार मात्र काम गर्न सकिने स्पष्ट पारेको छ।

यसैबीच, नेपाल मलेसियासँग दक्ष जनशक्ति आपूर्ति सुनिश्चित गर्ने र श्रमिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्ने विषयमा आपसी छलफल र सहकार्य गर्न तयार रहेको पनि पत्रमा उल्लेख गरिएको छ।

मलेसियाले २७ अक्टोबरमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका लागि म्यानपावर कम्पनी छनोटका लागि १० अनिवार्य सर्तहरू पठाएको थियो। तर नेपाल र वैदेशिक रोजगार व्यवसायीहरूले ती सर्त सिन्डिकेट प्रणालीको रूपमा देखिएको र अस्वीकार्य भएको प्रतिक्रिया दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय