Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

शेख हसिनाको मुद्दा १७ नोभेम्बरमा फैसला हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीविरुद्धको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने मिति तोकेको छ।

मुद्धा गत जुलाईमा सुरु भएको सरकार विरोधी आन्दोलनमा दमन गर्दा मानवताविरुद्ध अपराध गरेको आरोपमा दायर गरिएको हो। ट्राइबुनलका अध्यक्ष न्यायाधिश मोहम्मद गोलाम मोजुम्दरले फैसला मिति निर्धारण गरेका छन्।

पूर्व गृहमन्त्री असदुजामन खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अल मामुनमाथि पनि मानवताविरुद्धको अपराध गरेको आरोप लागेको छ।

बंगलादेशमा जुलाईदेखि अगस्ट २०२४ को सुरुवातसम्मको सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा करिब ६५० जनाको मृत्यु भएको थियो। यस घटनालाई जुलाई नरसंहार पनि भनिन्छ। प्रदर्शनपछि शेख हसिना ५ अगस्टमा देश छाडेर भागेकी थिइन्।

हसिनामाथि हत्या योजना बनाएको, हत्या प्रयास गरेको, यातना दिएको र अन्य अमानवीय कार्य गरेको आरोपमा ट्राइबुनलमा छानविन जारी छ।

ताजा समाचार

थप समाचार