बीरगन्ज,२८ कातिक । बिहार विधानसभा चुनावको मतगणना तीव्र गतिमा भइरहेको छ। बिहान ८ बजेदेखि अधिकांश स्थानमा मतगणना सुरु भए पनि केही केन्द्रमा भने प्रक्रिया केही ढिलो सुरु गरिएको थियो।
बिहान १० बजेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार सबै २४३ निर्वाचन क्षेत्रका मतपेटिका खोलिएका छन् र नतिजाका प्रारम्भिक ट्रेन्डहरू सार्वजनिक हुन थालेका छन्।
भारतीय अनलाइन मिडियाका प्रारम्भिक अपडेटअनुसार सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) स्पष्ट बहुमततर्फ उन्मुख देखिएको छ। बहुमतका लागि आवश्यक १२२ सिट पार गर्दै गठबन्धन १६२ सिटमा अग्रता कायम गरिरहेको उल्लेख गरिएको छ।
एनडिएभित्र जनता दल युनाइटेड (जेडीयू) ७६ सिटमा अगाडि देखिएको छ भने भारतीय जनता पार्टी (भाजपा) ६९ सिटमा अग्रस्थानमा छ।
यो ट्रेन्ड कायम रहने हो भने जेडीयू नेता नितीश कुमार पुनः बिहारको मुख्यमन्त्रीका रूपमा सत्तामा फर्कने सम्भावना अत्यन्तै बलियो देखिएको छ।

