spot_img

बिहार विधानसभा चुनाव : एनडीए दुई–तिहाइ बहुमतसहित सत्ता सुरक्षित

spot_img
spot_img

काठमाडौं,२९ कार्तिक । भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको अन्तिम नतिजा सार्वजनिक हुँदा सत्तारूढ राष्ट्रीय जनतान्त्रिक गठबन्धन (एनडीए) स्पष्ट बहुमतसहित पुनः सत्तामा फर्किएको छ। दुई चरणमा भएको मतदानको मतगणना गएराति सकिएको हो।

२४३ सदस्यीय विधानसभा मध्ये एनडीएले २०२ सिट जितेर दुई–तिहाइभन्दा बढी बहुमत सुरक्षित गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ। गठबन्धनभित्र यसपटक पनि भारतीय जनता पार्टी (भाजपा) नै सबैभन्दा ठूलो दल रह्यो, जसले ८९ सिटमा जित हासिल गर्दै पहिलो दलको हैसियत कायम राख्यो।

त्यस्तै, मुख्यमन्त्री नितीशकुमार नेतृत्वको जनता दल (युनाइटेड) ले ८५ सिट जितेर गठबन्धनमा दोस्रो ठूलो दलको रूपमा उभिएको छ। मुख्य प्रतिस्पर्धी मानिएको महागठबन्धन, जसमा कांग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख घटक थिए, यसपटक कमजोर प्रदर्शन गर्दै ३४ सिटमा सीमित भयो। बाँकी ७ सिट विभिन्न साना दल र स्वतन्त्र उम्मेदवारले जिते।

चुनाव नोभेम्बर ६ र ११ मा दुई चरणमा सम्पन्न भएको थियो। ६७.३ प्रतिशत मत खसेको यस चुनावलाई राज्यको निर्वाचन इतिहासमै सबैभन्दा उच्च सहभागिता भएको चुनावको रूपमा हेरिएको छ।

विजयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नतिजालाई “सुशासनको जीत” भन्दै स्वागत गरेका छन्। उनका अनुसार जनताले दिएको मतले आगामी कार्यकालमा विकास र स्थिरताप्रति अझै ठूलो जिम्मेवारी थपिएको छ।

विश्लेषकहरूका अनुसार यो उच्च मतदान प्रतिशत र परिणामले बिहारमा निकट भविष्यमा स्थिर राजनीतिक वातावरण रहने संकेत गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय