Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट : इन्स्पेक्टरसहित १० मृत्यु, २७ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ कातिक । फरिदाबादमा चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेट शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट हुँदा ठूलो मानविय तथा भौतिक क्षति भएको छ।

विस्फोटले चौकीको एकातर्फको सम्पूर्ण संरचना ध्वस्त बनाएको छ भने पार्किङमा रहेका थुप्रै सवारी साधनमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

विस्फोटको समयमा प्रहरी चौकीमा डीएसपी, तहसीलदारसहित ५० जना रहँदै आएको बताइएको छ। कुल २७ जना घाइते, जसमा २४ प्रहरी रहेका छन्। पाँच जनालाई सेनाको बेस अस्पतालमा सारिएको छ भने अन्यलाई श्रीनगरका विभिन्न अस्पतालहरूमा उपचार गरिँदै छ।

प्रहरीका अनुसार यो घटना आतंकवादी आक्रमण नभई दुर्घटना हो। दिल्ली विष्फोट प्रकरणसँग जोडिएका जैश–ए–मोहम्मद तथा अंसार गजवात–उल–हिन्दसँग सम्बन्धित पक्राउ परेका चिकित्सकको गिरोहबाट फेला परेको अमोनियम नाइट्रेटकै विस्फोट भएको बताइएको छ।

फरिदाबादबाट पक्राउ परेकाहरूको घर विशेषगरी डा. मुजम्मिलको आवासबाट बरामद गरिएको ३६० किलो अमोनियम नाइट्रेटमध्ये केही भाग एफएसएलले परीक्षणका लागि ल्याबमा लगिएका थियो, भने बाँकी नौगाम प्रहरी चौकीको गोदाममा राखिएको थियो। सोही राखिएको भागमा विष्फोट भएको बताइएको छ।

ताजा समाचार

थप समाचार