काठमाडाैं,२९ कातिक । भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न भएको थियो।
सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाइ बहुमत सहित २०२ सिट जितेको छ। गठबन्धनभित्रको सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ, जसले ८९ सिट जितेको छ। दोस्रो स्थानमा जनता दल युनाइटेड (जेडीयू) रहेर ८५ सिट जितेको छ।
विपक्षी गठबन्धन कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) मात्र ३५ सिटमा सीमित भएका छन् भने अन्य दलले छ सिटमा सफलता पाएका छन्।
बिहारमा यस पटकको मतदान ६७.३ प्रतिशत सहभागितासहित सम्पन्न भयो, जुन सन् १९५१ पछिका सबैभन्दा उच्च मतदर हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले यस जीतलाई “सुशासनको जीत” भन्दै आफू पक्षमा आएको टिप्पणी गरेका छन्।

