Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

भारतमा प्रहरी–माओवादी भिडन्त, ६ माओवादीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ मंसिर । भारतको आन्ध्र प्रदेशस्थित राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन्। घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो, जसले क्षेत्रको सुरक्षा तनाव झन् बढाएको अधिकारीहरू बताउँछन्।

इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादी समूहहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेशतर्फ प्रवेश गर्न सक्रिय भएका छन्, जसका लागि सीमावर्ती क्षेत्रमा कडा निगरानी बढाइएको छ।

सरकारले १७ नोभेम्बरदेखि सञ्चालनमा ल्याएको अपरेसनअन्तर्गत १८ नोभेम्बर बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए। पछिल्ला कारबाहीमा प्रहरीले एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट करिब ५० जना पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्पेशल जोनल कमिटी, प्लाटुन, डिभिजन र क्षेत्रीय समितिसम्मका सदस्यहरू रहेका छन्। उनीहरूको साथबाट ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ बरामद गरिएको छ।

छत्तीसगढका सुकमा, विजापुर, नारायणपुर र बस्तर क्षेत्रमा वाढेको सुरक्षा दबाब तथा हिड्माको मृत्युपछि माओवादीहरू आन्ध्र प्रदेश छिरेर शहरी क्षेत्रमा लुक्ने, संगठन पुनःनिर्माण गर्ने तथा भविष्यका कारबाही योजना बनाउने प्रयासमा रहेको प्रहरीको दाबी छ। डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा सञ्चालन गरिएको बहु–एजेन्सी अपरेसन सफल भएको भारतीय सुरक्षा निकायले दावा गरेको छ।

ताजा समाचार

थप समाचार