spot_img

बारा–पर्सामा हैजा खोप अभियान सफल, ९० प्रतिशत जनसंख्या आवद्ध

spot_img
spot_img

बीरगन्ज,०७ मंसिर । बारा र पर्सामा हैजाबाट प्रभावित क्षेत्रका करिब ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार बारामा ८८.२५ प्रतिशत र पर्सामा ९० प्रतिशत जनसंख्या खोपको पहुँचमा आएको छ। बारामा कुल तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनाले खोप लगाएका छन्।

डा. गौतमले जानकारी दिनुभयो कि खोप अभियान हैजाको महामारीलाई नियन्त्रण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको थियो। अभियान दुई चरणमा सम्पन्न भएको थियो: पहिलो चरण असोज २६ देखि कात्तिक २ र दोस्रो चरण कात्तिक १३ देखि २७ सम्म, जसमा एक वर्षमाथिका सबै व्यक्तिहरूलाई खोप लगाइयो।

शाखा प्रमुखले यसपटकको खोप अभियानले अहिलेसम्मकै सबैभन्दा उच्च ‘कभरेज’ प्राप्त गरेको बताउनुभयो। अघिल्ला अभियानमा ७०–८० प्रतिशत जनसंख्या मात्र खोप लगाउने गरेको थियो, तर घर–घर गएर लगाइएको यसपटकको अभियानले करिब ९० प्रतिशतलाई पहुँच पुर्‍याएको हो।

भदौ महिनामा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका ६ र पर्साका १४ पालिकामा खोप अभियान सञ्चालन गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय