Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

असममा हात्तीको झुण्डसँग ठोक्किँदा रेल दुर्घटनाग्रस्त, आठ हात्तीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०५ पुस । भारतको असम राज्यमा पर्ने होजाई जिल्लामा हात्तीको झुण्डसँग ठोक्किएर रेल दुर्घटनामा परेको छ । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् ।

न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त नभएको जनाएको छ ।

नर्थ ईस्ट फ्रन्टियर रेलवे (एनएफआर)का प्रवक्ताले दुर्घटनामा रेलको इञ्जनसहित पाँच डिब्बा लिकभन्दा बाहिर गएका पुष्टि गरेका छन् । ‘यो घटना त्यस्तो स्थानमा भयो, जुन हात्तीको ओहोर–दोहोर गर्ने करिडोर होइन,’ एनएफआरका तर्फबाट जारी बयानमा भनिएको छ, ‘लोको पायलटले हात्तीको झुण्ड देखेपछि इमरजेन्सी ब्रेक लगाए । त्यसका बाबजुत हात्ती रेलसँग ठोक्किए ।’

ताजा समाचार

थप समाचार