काठमाडाैं,०८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षाका दृष्टिले आवश्यक’ भएको दोहोर्याएका छन् । यसैबीच ट्रम्प प्रशासनले लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गरेपछि डेनमार्क–अमेरिका बीच कूटनीतिक तनाव बढेको छ ।
डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले ग्रिनल्यान्ड डेनमार्ककै भूभाग भएको स्पष्ट गर्दै बिक्री वा विलयको प्रस्ताव अस्वीकार्य भएको बताएका छन् । ट्रम्पले भने, “हामीलाई ग्रिनल्यान्ड राष्ट्रिय सुरक्षाका लागि चाहिन्छ, खनिजका लागि होइन।” ग्रिनल्यान्ड रणनीतिक रूपमा महत्त्वपूर्ण छ र त्यहाँ अमेरिकी सैन्य आधारसमेत रहेको छ, जबकि रूस र चीनको उपस्थितिले अमेरिकी सुरक्षामा चुनौती बढाएको बताइन्छ।

