अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु

spot_img

काठमाडौं २० पुस – अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ।

शनिबार अमेरिकाले राजधानी काराकाससहित विभिन्न सहरहरूमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई त्यसपछि न्यूयोर्क लगेर हिरासतमा राखिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए। तर आइतबार न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले गरिएको अमेरिकी सैन्य कारबाहीमा सर्वसाधारण तथा सैनिकहरूको ज्यान गएको उल्लेख गरिएको छ।

रिपोर्टमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई नाम नखुलाउने सर्तमा उद्धृत गर्दै अमेरिकी आक्रमणका कारण सर्वसाधारण र सैनिक गरी कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय