Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
9.4 C
Kathmandu
17.8 C
Birgunj
spot_img

रक्सौलमा प्रशासनको नोटिसले मच्चायो हडकम्प : स्थानीय अतिक्रमणकारी घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रक्सौल,२६ पुस । भारत–नेपाल सीमा नजिकको अन्तर्राष्ट्रिय शहर रक्सौलमा जिल्ला प्रशासनले सयौँ स्थानीयलाई एकैसाथ नोटिस पठाएपछि शहरमा हडकम्प मच्चिएको छ। प्रशासनले दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई सम्बन्धित जग्गा ‘खास महल’को भएको दाबी गर्दै अतिक्रमणकारी घोषणा गरेको छ।

प्राप्त नोटिसपछि स्थानीय बासिन्दामा त्रास, अन्योल र मानसिक तनाव सिर्जना भएको छ। कतिपय परिवार तनावमा परेका छन् भने केही व्यक्तिहरू बिरामी परेको समाचार पनि छ। नोटिस अनुसार, जग्गाको मूल्य प्रतिडिसमिल २६ लाख भारतीय रुपैयाँ निर्धारण गरिएको छ। बसोबास गर्नेहरूले कुल मूल्यको ५ प्रतिशत रकम बुझाएर ३० वर्षका लागि लिज (भाडा सम्झौता) लिनुपर्ने प्रशासनले निर्देशन दिएको छ।

प्रशासनले तोकिएको समयसीमाभित्र लिज प्रक्रिया पूरा नगरे कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ। स्थानीयहरूका अनुसार, उनीहरूका पूर्वजाहरूले पुस्तौँदेखि उक्त जग्गामा बसोबास गर्दै आएका छन्। त्यसैले एकाएक अतिक्रमणकारी घोषणा गर्नु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ। रक्सौल अन्तर्राष्ट्रिय शहर भएकाले यहाँको जग्गाको मूल्य केवल बिहारमा मात्र होइन, भारतका ठूला शहरसँग समेत तुलना गर्न सकिने गरी उच्च छ।

स्थानीय नागरिकहरूले प्रशासनको निर्णय फिर्ता लिन सरकारसँग माग गर्दै आवश्यक परे निवेदनदेखि सडक आन्दोलनसम्मको बाटो अपनाउने चेतावनी दिएका छन्। जिल्ला प्रशासनको यस विषयमा थप आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

ताजा समाचार

थप समाचार