ट्रम्पको धम्कीविरुद्ध ग्रीनल्यान्डमा विशाल प्रदर्शन

spot_img

काठमाडाैं,०४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि ग्रीनल्यान्डको राजधानी नुकमा हजारौं नागरिकले विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले हिउँ र बरफले ढाकिएको सडकमा राष्ट्रिय झण्डा फहराउँदै, प्लेकार्ड बोकेर र “ग्रीनल्यान्ड बिक्रीका लागि होइन” भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन व्यक्त गरेका थिए। उनीहरूले सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गरेका थिए।

स्थानीय युवा मलिक डोलेरुप–शेबेलका अनुसार ट्रम्पको कदमले अरू राष्ट्र र नागरिकप्रतिको संवेदनशीलता नदेखाएको स्पष्ट भएको छ। उनले ग्रीनल्यान्डलाई रणनीतिक र खनिज स्रोतले धनी भएको महत्त्वपूर्ण क्षेत्र मान्दै अमेरिकी स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आएको बताए।

प्रदर्शनको समर्थनमा डेनमार्कका विभिन्न शहरहरू र क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा पनि ऐक्यबद्धता र्‍यालीहरू आयोजना भएका थिए। नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिबारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय