spot_img

जिसस पर्साका सभापति अजय सोनारसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

spot_img
spot_img

बीरगन्ज,१२ वैशाख ।  पर्साको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा तरंग ल्याउने घटनाक्रम सार्वजनिक भएको छ। जिल्ला समन्वय समिति पर्सा का सभापति निरञ्जन प्रसाद सोनार (अजय सोनार) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ।

पर्सा जिल्ला अदालत ले २०८३ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय पर्सा का नाममा आदेश जारी गर्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको हो। तर आदेश जारी भएको चार दिन बितिसक्दा पनि अभियुक्तहरू पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ।

अदालतले सभापति सोनारसँगै त्रिलोकी साह सोनार, सन्तोष उर्फ सुमु प्रसाद सोनार, उत्तम उर्फ दिवस सराफ र महेश उर्फ महेश्वर सराफलाई पनि पक्राउ गर्न अनुमति दिएको छ।

रामबाबु साह सोनारको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा उनीहरूको संलग्नता देखिएको भन्दै अदालतले ढिलाइ भए प्रमाण नष्ट हुने वा अभियुक्त फरार हुन सक्ने जोखिम औंल्याएको छ।

यता पीडित पक्षले अदालतको आदेश कार्यान्वयनमा ढिलाइ भएको भन्दै कानुनी शासनमाथि प्रश्न उठाएका छन्। भने जिल्ला प्रहरी कार्यालय पर्सा ले भने अभियुक्तहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय