कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, भोलि दुई महत्वपूर्ण बैठक

spot_img

काठमाडौं,१३ वैशाख । नेपाली कांग्रेसभित्र लामो समयदेखि प्रतीक्षामा रहेको संसदीय दलको नेता चयन प्रक्रिया टुंग्याउने तयारी तीव्र बनेको छ। यसका लागि पार्टीले भोलि सोमबार दुई महत्वपूर्ण बैठक बोलाएको छ।

पहिलो चरणमा बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। उक्त बैठकमा संसदीय दलको नेताबारे सहमति जुटाउने प्रयास गरिनेछ। पार्टी सभापति गगन थापाले सम्भव भएसम्म सर्वसम्मत नाम टुंग्याउने प्रस्ताव अघि सार्ने तयारी गरेको बताइएको छ।

त्यसपछि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ। सो बैठकले नेताचयनसम्बन्धी प्रक्रिया औपचारिक रूपमा टुंग्याउने र निर्णय अनुमोदन गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिएका छन्।

पार्टीभित्र विभिन्न समूह र आकांक्षीहरू सक्रिय रहेकाले नेतृत्व चयन सहज नहुने अनुमान गरिएको छ। यद्यपि, सहमतिमा टुंग्याउने प्रयास भइरहेको र अन्ततः नयाँ संसदीय नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
कांग्रेसभित्रको यो प्रक्रिया राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ, किनकि यसले पार्टीको आन्तरिक शक्ति सन्तुलनमा पनि असर पार्न सक्ने देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय