काठमाडौँ,१३ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज पुनः सञ्चालनमा ल्याउने (रिकभर गर्ने) प्रयास भइरहेको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार, पेजमा केही प्राविधिक गडबडी आएको कारण अहिले अस्थायी रूपमा पहुँचमा समस्या देखिएको हो। समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको बताइएको छ।
पछिल्लो समय नेपालका चर्चित व्यक्तिहरूका फेसबुक पेजहरूमा यस्तै प्रकारका समस्या देखिन थालेका छन्। यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज पनि हटाइएको वा पहुँचमा समस्या आएको घटना सार्वजनिक भएको थियो। यसरी सामाजिक सञ्जालका आधिकारिक पेजहरूमा बारम्बार देखिने समस्याले प्रयोगकर्तामा चासो र चिन्ता दुवै बढाएको छ।

