spot_img

निर्वाचन नजिकिँदै गर्दा अण्डाको माग र मूल्य बढ्यो

spot_img
spot_img

चितवन,११ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा अण्डाको माग उच्च बनेको छ। माग बढेसँगै अण्डाको मूल्यमा पनि वृद्धि देखिएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि गरेको छ। ठूलो अण्डा (९३० वटा प्रति क्रेट) को फार्म मूल्य रु ४९५ पुगेको छ, जुन अघिल्लो मूल्य रु ४६५ भन्दा रु ३० बढी हो। मझौला अण्डाको फार्म मूल्य रु ४७५ कायम गरिएको छ, जुन अघिल्लो मूल्य रु ४४५ भन्दा बढी हो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च थियो। त्यसबेला ठूलो अण्डा प्रति क्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा बिक्री भएको थियो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल का अनुसार, निर्वाचनको माहोल, सीमा क्षेत्रमा बढेको कडाइ र अण्डा उत्पादनमा आएको कमीले मूल्य वृद्धिमा योगदान गरेको छ। साथै बन्द रहेका विद्यालय खुल्नु र उत्पादन लागत पनि मूल्य निर्धारणमा प्रभावकारी बनेको छ।

अण्डा उत्पादनको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ भने प्रतिक्रेटमा किसानको लागत रु ५७४ पुग्छ। लागत मूल्य नजिक पुगेपछि अण्डाको मूल्य घट्दा किसान निराश बनेका थिए। अब मूल्य बढ्ने आशामा किसान उत्साहित छन्। सङ्घले बजार अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय